close

देवदहका नगरप्रमुख केसी सभापतिमा निर्वाचित

देवदहका नगरप्रमुख केसी सभापतिमा निर्वाचित

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको देवदह नगरपालिका प्रमुख हिराबहादुर केसी नेपाली कांग्रेस रूपन्देही क्षेत्र १ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट केसी पुनः क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा विजयी केसीले ३९६ मत प्राप्त गरे भने स्पर्धी विश्वनाथ यादवले २१५ मत ल्याए । 


सचिवमा बैजनाथ साहनी र विजय गुरुङ तथा सहसचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान निर्वाचित भए । सचिव र सहसचिवमा विजयीउम्मेदवार पनि केसी समूहकै हुन् । । महाधिवेशन प्रतिनिधिको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।