close

कांग्रेस रूपन्देहीको नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति 

कांग्रेस रूपन्देहीको नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति 

Trulli
ADVERTISEMENT

रूपन्देही–नेपाली कांग्रेसको १४औँ अधिवेशनअन्तर्गत रूपन्देहीको नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणलगायत नेताहरूको पहलमा जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति बनेको कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले बताए ।


शनिबार कांग्रेस पार्टी कार्यालयमा चलेको बैठकले जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्ने जनाए पनि कुन पदमा को हुने भन्ने खुलाएको छैन । यद्यपि कांग्रेस स्रोतका अनुसार जिल्ला सभापति वर्तमान सचिवसमेत रहेका रामकृष्ण खाँणलाई दिईने चर्चा छ ।


पार्टी कार्यालयमा बालकृष्ण खाँणको अगुवाइमा सांसद प्रमोदकुमार यादव, क्षेत्र ३ का निर्वतमान सभापति मातृकाप्रसाद यादव, कांग्रेस नेता रामचन्द्र ढकाल, विश्वनाथ यादवलगायत नेताहरूको पहलमा सर्वसम्मतको निर्णय भएको रज्जाकले जानकारी दिए ।


निर्वाचन तालिकाअनुसार आइतबार जिल्ला निर्वाचनको कार्यक्रम छ । यसले रूपन्देही कांग्रेसमा विवाद रहेको भ्रमलाई चिर्ने उनको दाबी छ ।