close

पाल्पा कांग्रेस सभापतिमा श्रेष्ठ विजयी

पाल्पा कांग्रेस सभापतिमा श्रेष्ठ विजयी

Trulli
ADVERTISEMENT

रामपुर– नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ८९० मत ल्याई सभापतिमा विजयी बनेका छन् ।  श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याए । त्यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी हुनुभएको छ भने प्रतिस्पर्धी माधव नेपालले ५४३ र शङ्कर खनालले ३६४ मत पाएका छन् । 


       
सचिव पदमा सन्तोष थापा मगरले ८०७, सुनिता अधिकारीले ७८५ मत ल्याई विजयी हासिल गरेका छन् । उनका प्रतिस्पर्धी हुमनाथ न्यौपानेले ३८२ र रमा पन्तले ४५५ मत पाएका छन् ।   शुक्रबार भएको निर्वाचनमा दुई सहसचिवमा विष्णुकुमार थापाले ७४३ र हमिद अलिमियाँले ६४१ मत ल्याई विजयी भएका छन् । कूल मतदाता सङ्ख्या एक हजार ३८६ मध्ये निर्वाचनमा एक हजार ३१३ मत खसेको थियो ।