close

एमाले महाधिवेशन : बन्दसत्र सुरु

एमाले महाधिवेशन : बन्दसत्र सुरु

Trulli
ADVERTISEMENT

भरतपुर– नेकपा (एमाले) महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटेल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरिसकेका छन् । बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो । सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेपछि बन्दसत्र सुरु हुन ढिला भएको एमाले चितवनका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । पार्टी महासचिव ईश्वर पोखरेलले बन्दसत्रमा सहभागी प्रतिनिधिहरुलाई स्वागत गरेका छन् । बन्दसत्रमा विदेशी पाहुनाहरुले बोल्ने क्रम सुरु भएको छ । 

 

महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार दुई सय ७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले दुई सय २५ सदस्यीयलाई तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेस गर्ने निर्णय गरेको थियो । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा शुक्रबार सुरु भएको थियो ।