close

काठमाडौँ कांग्रेस जिल्ला अधिवेशन आज : बाँनिया र कार्कीबीच प्रतिस्पर्धा   

काठमाडौँ कांग्रेस जिल्ला अधिवेशन आज : बाँनिया र कार्कीबीच प्रतिस्पर्धा   

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेस काठमाडौँको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज जिल्ला अधिवेशन हुन लागेको हो । पार्टीको निर्वाचन समितिले मङ्सिर १० गते जिल्ला अधिवेशन तोके पनि काठमाडौँमा भने आज हुन लागेको हो ।

 

निर्वाचन समितिले शनिबार नै मतदाता नावावली प्रकाशन गर्नुका साथै उम्मेदवारी दर्ता एवं उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिसकेको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए । काठमाडौँ कांग्रेसको सभापतिका लागि वर्तमान सभापति कृष्ण (सबुज) बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा हुने भएको छ ।

 

बाँनिया समूहको उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिएका छन् । यस्तै कार्की समूहको उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित र सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेद्वारी दिएका छन् ।