close

नेकपा माओवादी केन्द्र दाङको ८ स्थानीय तहमा निर्विरोध नेतृत्व 

नेकपा माओवादी केन्द्र दाङको ८ स्थानीय तहमा निर्विरोध नेतृत्व 

Trulli
ADVERTISEMENT

दाङ–नेकपा माओवादी केन्द्र दाङले यहाँका १० मध्ये ८ स्थानीय तहमा निर्विरोध नेतृत्व चयन गरेको छ । शनिबार भएको सम्मेलनबाट जिल्लाका ८ तहमा नेतृत्व चयन गरिएको हो भने तुलसीपुर र लमहीमा नेतृत्व चयन बाँकी रहेको पार्टीले जनाएको छ ।


घोराही उपमहानगरको अध्यक्षमा प्रमोद शर्मा निर्वाचित भएका छन् । उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश वली, सचिव भागीदास चौधरी, मने विश्वकर्मा र कोषाध्यक्ष दिलकुमारी बूढा निर्वाचित भएका हुन् ।  यसैगरी गढवा गाउँपालिकामा श्यामनारायण पोखरेल अध्यक्षमा चयन भए । शर्माको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । 

 

उपाध्यक्षमा दीपा पुन, वसन्ती चौधरी, देवराज यादव, सचिवमा कैलाश चौधरी, सहसचिवमा ज्ञानबहादुर परियार र कोषाध्यक्षमा वसन्त गिरी चयन भए । त्यस्तै, शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेबबहादुर रोका चयन भएका छन् । रोकाको अध्यक्षतामा ४९ सदस्यीय नेकपा माओवादी केन्द्र शान्तिनगर गाउँ कमिटी गठन गरिएको छ ।


यस्तै, उपाध्यक्षमा खजेन्द्र शर्मा, रिता बटाला, हिरालाल वली, सचिवमा पिमलाल वली, सहसचिवमा हिरा सुनार, कोषाध्यक्ष जंगबहादुर पुन रहेका छन् । बबई गाउँपालिकाको अध्यक्षमा पुनः डिल्ली बुढाथोकी चयन भएका छन् । बुढाथोकीको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन भएको पार्टीले जनाएको छ । 


उपाध्यक्षमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर वली रहेका छन् । सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर विक र कोषाध्यक्षमा परेकलाल बुढा चयन भएका हुन् । सम्मेलनबाट ४५ जना चयन भएको र बाँकी १० जना सदस्यलाई कमिटीको बैठकबाट मनोनीत गरिने बताइएको छ । 


यसैगरी दंगीशरण गाउँपालिका अध्यक्षमा मणिराम चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षमा वीरु वली, निर्मला चौधरी र दिलकुमारी विक, सचिवमा दीपक गौतम, सहसचिवमा टंक वली र कोषाध्यक्षमा हरिप्रसाद कक्रेल निर्वाचित भए ।


राप्ती गाउँपालिकामा अध्यक्ष श्यामेश चौधरी, उपाध्यक्षमा राजेन्द्र पुजाली, नारायणप्रसाद शर्मा र सुरेश चौधरी, सचिवमा तुला गिरी, सहसचिवमा वसन्त नेपाली र कोषाध्यक्षमा भगवता अधिकारी निर्वाचित भएका छन् ।


राजपुर गाउँपालिकामा अध्यक्ष चक्रबहादुर खड्का, उपाध्यक्ष श्यामबहादुर रोका, भोगेन्द्रसिंह राजपुत र लक्ष्मीदेवी चौधरी, सचिवमा विष्णुप्रसाद यादव, सहसचिवमा दिलमती वली चौधरी र कोषाध्यक्ष भीम वली निर्वाचित भए । 


यस्तै, बंगलाचुलीमा अध्यक्ष डोमाकान्त कुँवर मगर, उपाध्यक्षमा गिरिराज बाँठा मगर, यमुना घर्ती र रमा पुन, सचिवमा दामोदर खड्का, सहसचिवमा शोभाराज विश्वकर्मा र कोषाध्यक्षमा वासुदेव महरा निर्वाचित भएका छन् ।

 

तुलसीपुर उपमहानगरमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन समितिले आइतबार दिउँसोदेखि प्रक्रिया अघि बढाउने भएको छ भने लमही नगरमा कार्यसमिति चयन भए पनि नेतृत्व चयन हुन नसकेकाले १५ मंसिरको बैठकबाट टुंगो लगाउने जानकारी आएको जिल्ला संयोजक तुलसीराम पुन ले बताए ।


हाल निर्वाचित कार्यसमितिमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र मुस्लिम समुदाय रहेको ठाउँमा २ प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व भएको पनि उनले जानकारी दिए ।