close

पाँचथरका चार गाउँपालिकामा माओवादी अधिवेशन सम्पन्न

पाँचथरका चार गाउँपालिकामा माओवादी अधिवेशन सम्पन्न

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरका चार वटा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को प्रथम गाउँपालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । जिल्लाको फालेलुङ, याङवरक, कुम्मायक र तुम्बेवा गाउँपालिकामा अधिवेशनमार्फत माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको हो । फालेलुङ विद्धिमान सावदेनको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको उपाध्यक्षमा तिलबहादुर खत्री, रामप्रकाश राई र पदम केरुङ, सचिवमा सुरेन्द्र अधिकारी र कोषाध्यक्षमा रिजा जबेगु (माङ्मु) चयन भएका छन् । 

 

याङवरक गाउँपालिकामा माओवादी केन्द्रले अर्जुन बेघाको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीका उपाध्यक्षमा महेन्द्र योङया, इन्दिरा पोखरेल र तेजेन्द्र राई, सचिवमा सूर्य बेघा, सहसचिवमा तेजकुमार बेघा र कोषाध्यक्ष शान्ति लिम्बू रहेका छन् ।

 

कुम्मायक गाउँपालिकामा उक्त पार्टीले महेन्द्रबहादुर खड्काको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा सोम तामाङ, गीता खड्का र डुकेन्द्र चेम्जोङ, सचिवमा प्रविण निरौला, सहसचिवमा महेन्द्रसुन्दर कार्की र कोषाध्यक्षमा प्रविन चापागाईं चयन भएका छन् । 


    
यस्तै तुम्बेवा गाउँपालिकामा माओवादी केन्द्रले खड्ग सम्बाहाम्फेको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा टङ्कबहादुर शेर्मा, शहरसिंह तामाङ र सुस्मा आङ्देम्बे तथा सचिवमा ख्यामबहादुर निरौला चयन भएका छन् ।

 

बाँकी रहेका हिलिहाङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा आज तथा फिदिम नगरपालिकामा भोलि अधिवेशन तय गरिएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका सचिवालय सदस्य दीपक दुलालले जानकारी दिए । माओवादी केन्द्रको स्थानीय तहस्तरीय अधिवेशन सम्पन्न गर्न उक्त पार्टीका नेता गाउँपालिकाका केन्द्र पुगेका छन् ।