close

माओवादी पालिका अधिवेशन : म्याग्दीका पाँच पालिकामा नेतृत्व चयन  

माओवादी पालिका अधिवेशन : म्याग्दीका पाँच पालिकामा नेतृत्व चयन  

Trulli
ADVERTISEMENT

म्याग्दी– नेकपा (माओवादी केन्द्र) को म्याग्दीका पाँच वटा स्थानीय तहमा शनिबार नेतृत्व चयन भएको छ । बेनी नगरपालिका, मङ्गला, रघुगङ्गा, मालिका र धवलागिरि गाउँपालिकामा शनिबार भएको प्रथम अधिवेशनबाट निर्विरोध नेतृत्व चयन भएको हो । 


    
शेरबहादुर केसीको अध्यक्षतामा गठन भएको बेनी नगर कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिवमा ज्ञानेन्द्र सुवेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिवमा किसान विक रहेका छन् । 

 

यामबहादुर रोकाको अध्यक्षतामा गठन भएको मङ्गला गाउँपालिका कमिटीको उपाध्यक्षमा कुलप्रसाद पुन, मोहनलाल सापकोटा, सुकमाया रोका, सचिवमा तीर्थलाल विक, सहसचिवमा मनमाया चोचाङ्गे र कोषाध्यक्षमा मोतीलाल पौडेल चयन भएका छन् । 


    
दोरण शेरचनको अध्यक्षतामा चयन भएको मालिका गाउँपालिकाको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धिबहादुर जुग्जाली, सचिवमा धनकुमार पाइजा, सहसचिवमा शिव दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल रहेका छन् । 

 

यामन रोकाको अध्यक्षतामा गठन भएको धवलागिरि गाउँपालिका कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया विक, सचिवमा रेशम पुन, सहसचिवमा चक्र पुन र कोषाध्यक्षमा रामबहादुर खत्री चयन भएका छन् । 


    
मौवाफाँटमा भएको रघुगङ्गा गाउँपालिकाको अधिवेशनले हरि भण्डारीको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिवमा भविन्द्र शेरपुञ्जा, सहसचिवमा कर्ण राना निर्वाचित भएका छन् ।

 

सबै पालिकामा पदाधीकारी, सदस्य र प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिए । ‘४५ वटै वडामा नेतृत्व चयन भइसकेको छ’, उनले भने, ‘अन्नपूर्ण गाउँपालिकामा थप तयारी गरेर केही दिनमै अधिवेशन हुन्छ ।’

 

सात पदाधिकारीसहित नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी चयन भएको हो । ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्व भएको संयोजक जुग्जालीले बताए । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसात गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ । वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ ।