close

न्यायालयबारे गठबन्धनको साझा धारणा छिट्टै आउँछ : अध्यक्ष प्रचण्ड

न्यायालयबारे गठबन्धनको साझा धारणा छिट्टै आउँछ : अध्यक्ष प्रचण्ड

Trulli
ADVERTISEMENT

भोजपुर– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् । माओवादी केन्द्र भोजपुुरले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझाधारणा छिट्टै बाहिर ल्याउँछौँ ।

 

अहिलेको पाँचदलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उहाँले आवश्यक परे निर्वाचन पछाडिसम्म पनि जान सकिने धारणा राखे । स्थानीय तहको चुनाव निर्वाचन आयोगले चैत्रमा तोकेको भए पनि संविधानअनुसार छ महिना अघिपछिसम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताए । सकेसम्म एकैपटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्चसमेत जोगीने उनको भनाइ छ । पूर्वाञ्चल कम्युनिष्ट आन्दोलनको उर्वभरभूमि रहेको उनले झापा विद्रोहलगायत ठूलठूला आन्दोलनहरू पूर्वबाटै सुरु भएको उनको भनाइ थियो ।