close

खोटाङ एमालेबाट छानिए १४ राष्ट्रिय महाधिवेशन प्रतिनिधि

खोटाङ एमालेबाट छानिए १४ राष्ट्रिय महाधिवेशन प्रतिनिधि

Trulli
ADVERTISEMENT

खोटाङ– नेपाल कम्युनिस्ट पार्टी एमाले खोटाङले आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि खोटाङमा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । महाधिवेशनका लागि एमाले खोटाङको शनिबार बसेको बैठकले १४ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको हो ।


एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले भन्ने, ‘एमाले खोटाङका पार्टी इन्चार्ज तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, जनसाँस्कृतिक महासंघ केन्द्रीय अध्यक्ष खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्णबहादुर घले र नेपाल खेलकुद महासंघ अध्यक्षकुमार पौडेल स्वतः महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।’


दसौँ राष्ट्रिय महाधिवेशनका लागि बनेको कार्यदलले हरिकुमार पोखरेल, पाँचकर्ण (पीके) राई, उषाकला राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खडेन्द्र साम्पाङ, देवविक्रम राई, कुमारप्रसाद आचार्य, दीपनारायण रिजाल, चर्चबहादुर विश्वकर्मा, चक्रबहादुर (दिलचक्र) राई, वीणादेवी राई, गोमा मगर, पुष्पकला भुजेल प्रतिनिधि छनोट भएको एमाले पार्टी अध्यक्ष दंगालले जानकारी दिए ।


केन्द्रीय कमिटीबाट मनोनीतका लागि सुरेन्द्रकुमार राई र दिलकुमारी राईलाई सिफारिस गरिएको छ । २५ कात्तिकमा बसेको एमालेको जिल्ला कमिटी बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि जिल्ला कमिटीको सचिवालयलाई जिम्मेवारी दिएको थियो ।


पुनः २६ कात्तिकमा उक्त सचिवालयको बैठक बसी निर्माण गरिएको महाधिवेशन प्रतिनिधि छनोट कार्यदलको बैठकले प्रतिनिधि छनोट गरेको हो । एमालेको दसौँ महाधिवेशन आउँदो १०–१२ मंसिरसम्म चितवनको नारायणगढमा हुँदै छ ।