close

दल बदल्दै जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा–सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि निर्वाचित जनप्रतिनिधिलाई दल फेर्न भ्याइ–नभ्याइ छ । स्वतन्त्र तथा विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिले राजनीतिक दलबाट टिकट पाउने आसमा दल फेरबदल गर्न थालेका हुन् ।

 


चार वर्षसम्म कुनै दलमा समावेश नभएका प्रतिनिधि चुनावको मिति तोकिएपछि सबै पार्टीसँग छलफल र बार्गेनिङमा लागेका हुन् । बार्गेनिङका क्रममा जुन पार्टीले आश्वासन तथा आफूले चाहेको पद दिन तयार हुन्छन्, त्यही पार्टीमा जाने उनीहरूको योजना छ ।


केही दिनअघि कपिलवस्तुको कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साह नेपाली कांग्रेसमा प्रवेश गरे । स्वतन्त्र रूपमा मेयर जितेका साह एमाले र माओवादीमा जाने भनिए पनि अन्ततः कांग्रेस प्रवेश गरेका छन् । उनलाई कांग्रेसले मेयरको उम्मेदवार बनाउने पक्का भएपछि उक्त पार्टीमा प्रवेश गरेको बताइन्छ ।

 


प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप साहले कांग्रेसबाट मेयरको टिकट दिलाउने आश्वासन दिएपछि उनी उतै गएका हुन् । उनीसँगै वडा नम्बर ९ का वडाध्यक्ष राममिलन चौधरी पनि कांग्रेस प्रवेश गरेका छन् । कपिलवस्तुमा मात्र होइन, अन्य जिल्लामा पनि जनप्रतिनिधि आप्mनोबाट अर्को पार्टी प्रवेश गरिरहेका छन् ।


रूपन्देहीको सम्मरमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला नेकपा माओवादीमा प्रवेश गरेका छन् । फोरम लोकतान्त्रिकबाट निर्वाचित शुक्लाको निर्वाचनको मुखमा पार्टी प्रवेशलाई महत्त्वका साथ हेरिएको छ । माओवादी संगठन पनि रहेको र उम्मेदवार बन्न पाउने आसमा उनी माओवादी प्रवेश गरेको बुझिएको छ ।

 


कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सगिर अहमद नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित अहमदलाई केपी ओलीले प्रवेश गराएका हुन् ।


शिवराज नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अनुपकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चौधरीलाई मेयरको उम्मेदवार बनाउने आश्वासन पाएपछि प्रवेश गरेको बुझिएको छ ।

 


तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीबाट निर्वाचित शिवराज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर चौधरी कांग्रेस प्रवेश गरेका छन् । वडाध्यक्षको टिकट दिने भनेपछि उनी कांग्रेस प्रवेश गरेका हुन् । चौधरीसहित वडा सदस्यहरू जसराम अहिर, प्रभु थारु, चिन्का पासी कांग्रेस प्रवेश गरेका छन् ।

 

गरिब, विपन्न, अपांगता परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन राप्ती गाउँपालिका वडा नम्बर १ को कार्यालयले खर्कगाउँका ११ घरपरिवारलाई बाख्रा वितरण गरेको हो ।