close

एक हप्ताबाटै दिनमा तीन पटक फोहोर उठ्न सुरु र एक वर्षभित्र दीर्घकालीन व्यवस्था हुन्छ : स्थापित

एक हप्ताबाटै दिनमा तीन पटक फोहोर उठ्न सुरु र एक वर्षभित्र दीर्घकालीन व्यवस्था हुन्छ : स्थापित

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट मेयर पदका उम्मेद्वार केशव स्थापितले नेपाली कांग्रेसले  काठमाडौंमा नेपाली कांग्रेसले फोहोरको राजनीति गर्न नपाउने गरी आफूले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने बताएका छन् । 

 

मंगलबार काठमाडौंको  भृकुटीमण्डपमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि फोहोरमैला विज्ञलाई ठेकेदार सम्झेर १६ करोड मागेको र सो रकम नपाएपछि फोहोरमैला व्यवस्थापनसम्बन्धी फाइल नै पौडेलले लुकाएको आरोप लगाए ।

 

आफू निर्वाचित भएको एक साताबाटै दिनमा तीनपटक फोहोर उठाउने र एक वर्षसम्म काठमाडौंको फोहोरको दीर्घकालीन समाधान गर्ने बताए ।