close

नेपाल भाषामा बालेनले शपथ लिनुको रहस्य (भिडियो सहित)

नेपाल भाषामा बालेनले शपथ लिनुको रहस्य (भिडियो सहित)

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र साह उर्फ बालेन साहले नेपाल भाषामा शपथ लिएर उपत्यकाका नेवारी समुदायको मन जित्ने कोशिस गरेका छन् । 

 

काठमाडौंमा आयोजित प्रथम औपचारिक कार्यक्रममै मुख्य निर्वाचन अधिकृतले नेपाली भाषामा शपथको व्यहोरा पढिरहँदा साहले त्यसलाई नेपाल भाषामा उल्था गरी शपथ लिएका हुन् । मधेशमा जन्मिएकाले कसरी काठमाडौंको नेतृत्व सम्हाल्न सक्ला भन्दै चुनावअघि विभिन्न राजनीतिक दलका नेताले गरेका तिखा व्यंग्यको नेपाल भाषामा शपथ लिएर बालेनले दरिलो जवाफ फर्काएका छन् । 

 

काठमाडौंको नरदेवीमा जन्मिएका बालेनले नेपालमा भाषामा शपथ लिएसँगै महानगरपालिकाका उपमेयर पदमा निर्वाचित सुनिता डंगोलले पनि नेपाल भाषामै शपथ लिएकी थिइन् । काठमाडौं महानगरपालिकाले यसअघिनै विद्यालय तहमा नेपाल भाषा अनिवार्य गरिसकेको सन्दर्भमा महानगरका मेयर, उपमेयर दुवैले नेपाल भाषामै शपथ लिनुले नेपाल भाषाको संरक्षण र सम्वर्द्धनमा केही टेवा पुग्ने देखिन्छ । 

 

मधेशमा जन्मिएका बालेनले नेपाल भाषामा शपथ लिएपछि काठमाडौंका नेवारी समुदायको मन जित्ने थप प्रयासका रुपमा हेरिएको छ । उनले नेपाली भाषामा शपथ लिँदा हलमा उपस्थित भएकाहरू मौन बसेका थिए भने नेपाल भाषामा शपथ लिनासाथ सभाहल तालीले गुञ्जायमान बनेको थियो ।