close

प्रदेश र प्रतिनिधिसभा चुनावको तयारीमा जुट्न लिङ्देनको निर्देशन

प्रदेश र प्रतिनिधिसभा चुनावको तयारीमा जुट्न लिङ्देनको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिएका छन् । 

 

पार्टी दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले स्थानीय तहको निर्वाचन सकियो भनेर चुप लागेर नबस्न भन्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

 

‘आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हाम्रो सम्मुखमा छ । हाम्रा कुनै पनि नेता, कुनै पनि कार्यकर्ता साथीहरूलाई निर्वाचन सकियो भनेर थकाइ मार्ने सुविधा  र छुट छैन । भोलि  नै निर्वाचन छ भन्ने ठानेर आफ्नो मिहिनेत बढाउन सबै नेता, कार्यकर्ता साथीलाई आह्वान गर्न चाहन्छु ।’