close

माध्यमिक शिक्षा निःशुल्क गर्ने शिवराज नगरपालिकाका मेयर थापाको पहिलो निर्णय

माध्यमिक शिक्षा निःशुल्क गर्ने शिवराज नगरपालिकाका मेयर थापाको पहिलो निर्णय

Trulli
ADVERTISEMENT

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले माध्यमिक शिक्षासम्म निःशुल्क अध्यापन गराउने निर्णय गरेका छन् । 

 

निर्वाचित भएपश्चात् पहिलो दिन कार्यालयमा पदभारग्रहण गर्दै थापाले नगरका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले अब माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने बताए । 

 

सरकारले माध्यमिक शिक्षा निःशुल्क भने पनि विद्यालयहरूले विभिन्न वाहानामा शुल्क लिइरहेकोले विद्यालयलाई नगरले सहयोग गरेर उक्त शुल्क लिन नपाउने थापाले बताए । 

 

नगरका मदरसालाई प्राथमिकतामा राखेर विद्यार्थीबाट कुनै शुल्क लिन नपाउने गरी विद्यालय तथा मदरसालाई नगरले सहयोग गर्ने उनले बताए । 

 

विद्यालयबाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गरेर भए पनि शिक्षाको पहुँचमा ल्याउने थापाको भनाइ छ ।

 

सभ्य समाज निर्माणका लागि सबै नगरबासी शिक्षाको पहुँचमा हुनुपर्ने भएकाले आफूले शिक्षालाई प्राथमिकतामा राखेको उनले बताए । 

 

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिने बताउँदै उनले भने, ‘जनताले ठुलो आशा सहित मलाई मत दिएर विजय गराउनुभएको छ । मैले यो विश्वास लाई पूरा गर्नेछु, थापाले भने, ‘शिवराज नगरपालिकालाई आगामी पाँच वर्षमा उल्लेखनीय काम गरेर नमुना बनाउने प्रयास हुने छ ।’