close

मायादेवीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा लोसपाकाे विजयी

मायादेवीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा लोसपाकाे विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ध्रुवनारायण चौधरीले अध्यक्ष पदमा पदमा निर्वाचित भएका छन् ।  

 

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरलाई पाँच हजार तीन सय ८६ मत ल्याएर विजयी भएका हुन् । 

 

यस्तै, अहिरले चार हजार नौ सय ८८ मत प्राप्त गरेका थिए । 

 

उपाध्यक्षमा लोसपाकी नर्वदादेवी उपाध्यय चार हजार नौ सय ४२ मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसको तारादेवी यादवले चार हजार आठ सय ८९ मत प्राप्त गरिन् । मायादेवी–१ मा एमालेका पलटु लोध ७ सय २२ मत ल्याएर विजयी भएका छन् । 

 

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका तप्पनाथ पाण्डेले पाँच सय ८८ मत प्राप्त गरे । वडा नम्बर दुई मा कांग्रेसका अगनु यादव आठ सय १७ मत ल्याइ विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका रामनारायण थारूले सात सय ६१ मत प्राप्त गरे । 

 

वडा नम्बर ३ मा कांग्रेसकै मुहम्मद रफिक खान नौ सय ७७ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका श्रीराम यादवले आठ सय ७० मत प्राप्त गरे । वडा नम्बर ४ मा एमालेका अरुणकुमार तिवारी ५ सय ५१ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजुप्रसाद बनियाँले ४ सय ८३ मत प्राप्त गरे । 

 

वडा नम्बर ५ मा कांग्रेसका तेज नारायण पाल ७ सय २ मत प्राप्त गरी विजयी भए उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भगवानदास कुर्मीले ५ सय ७० मत प्राप्त गरे ।

 

वडा नम्बर ६ मा लोसपाका अवधराज यादव ८ सय ९५ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल जनता पार्टीका सुरेन्द्रनाथ यादवले ५ सय ६४ मत प्राप्त गरे । वडा नम्बर ७ मा लोसपाका शैलेन्द्र कुमार पाण्डेले १ हजार ३ सय ४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामा शंकर यादवले ८ सय ६७ मत प्राप्त गरे । वडा नम्बर ८ मा एमालेका चोक बहादुर मगर ७ सय ४२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विक्रमबहादुर सुनारले ५ सय ३५ मत प्राप्त गरे ।