close

आधा वर्षमा मुगु प्रशासनमा दर्ता भए ७२ मुद्दा

लागूऔषध नियन्त्रणमा शून्य सहनशीलता 

आधा वर्षमा मुगु प्रशासनमा दर्ता भए ७२ मुद्दा

लागूऔषध नियन्त्रणमा शून्य सहनशीलता 

Trulli
ADVERTISEMENT

मुगु- जिल्ला प्रहरी कार्यालय मुगुले ६ महिनामा ७२ वटा मुद्दा दर्ता भएको बताएको छ । शुक्रबार सञ्चारकर्मीसँगको भेट तथा छलफलमा जिल्ला प्रहरी कार्यालय मुगुले यस्तो जानकारी दिएको हो । 


६ महिने अवधिमा यति ठूलो संख्यामा मुद्दा दर्ता गर्न सफल भएको जिप्रका मुगुले बताएको छ । प्रहरीमा असोजदेखि हालसम्म विभिन्न प्रकृतिका मुद्दा परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गत साउनबाट फागुनसम्म कार्यालयमा ३८ वटा मुद्दा दर्ता भएका छन् । यो अवधिमा ७२ जना प्रतिवादीविरुद्ध मुद्दा चलाइएको, मुद्दा चलाइएकामध्ये ४८ जना लाई पक्राउ गरिएको, कारागार चलान गरिएका प्रतिवादी ६ जना र धरौटी तारेखमा ४३ जना रहेको प्रहरीले जनाएको छ ।

 

दर्ता भएका ३८ मुद्दामा कर्तव्य ज्यानमा १, ज्यान मार्ने उद्योगमा ४, आत्महत्या दुरुत्साहन १, अपहरण बन्धक १, ज्यानसम्बन्धी १, लागूऔषध ६, अभद्र व्यवहार ७, बहुविवाह १, जबरजस्ती करणी ३, सवारीका ४ वटा मुद्दा छन् ।


८ महिनामा ठाडो उजुरी १ सय १३ परेकामा १ सय ६ वटा फस्र्योट भएका छन् भने ७ वटा उजुरी फस्र्योटको प्रक्रियामा रहेका छन् ।

 

प्राकृतिक प्रकोपबाट साउनयता जिल्लामा १ करोड २४ लाख २७ हजार रुपैयाँ बराबरको धनमालको अनुमानित क्षति भएको छ, जसमा घर २९, गोठ १ रहेको र २ जनाको मृत्यु भएको प्रहरीको कार्य सम्पादन प्रतिवेदन उल्लेख छ ।


लागूऔषध नियन्त्रणमा शून्य सहनशीलता 


जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लामा लागूऔषध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउने भएको छ । पत्रकार भेटमा प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले प्रहरीले लागूऔषध नियन्त्रणमा यस्तो नीति अवलम्बन गर्ने बताए ।

 

पछिल्लो समय मुगु सदरमुकाम गमगढीमा स्थल तथा हवाई मार्ग प्रयोग गर्दै लागूऔषध भित्रने गरेको सूचना प्राप्त भएकाले अब प्रहरीले जिल्लालाई लागूऔषधबाट जोगाउन चेकजाँचमा कडाई गर्ने र यस्ता खाले मुद्दामा कसैलाई नछाडिने उनले बताए ।

 

प्रहरी सेवालाई जनमुखी र प्रभावकारी बनाउन प्रहरी संगठनभित्र आन्तरिक शुद्घीकरण अभियान चलाइएको छ । यो अभियानअन्तर्गत प्रहरी आचरणविपरीत काम गरेका २ जना लाई कारबाही गरिएको र उत्कृष्ट काम गर्ने ११ जना प्रहरीलाई कार्यालय प्रमुखबाट पुरस्कृत गरिएको भट्टराईले जानकारी दिए ।

 

समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्न विषयमा ३ सय १ वटा कार्यक्रम गरेर समुदायलाई जनचेतना दिइँदै आएको छ । ‘जनसमुदाय पहिले प्रहरी भन्दा डराउने, तर्सिने, सूचना दिन आनाकानी गर्ने गर्थे । समुदाय-प्रहरी साझेदारी कार्यक्रम सुरु भएपछि जनसमुदाय र प्रहरीबीचको सम्बन्धमा सुधार आएको छ । अहिले प्रहरी गाउँ पुग्दा सहयोग गर्ने, सूचना दिने क्रम बढेको छ’, प्रहरी नायब उपरीक्षक भट्टराईले भने ।