close

बडिमालिकाका प्रशासकीय अधिकृत : हाजिर नहुँदै रातारात सरुवा

बडिमालिकाका प्रशासकीय अधिकृत : हाजिर नहुँदै रातारात सरुवा

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बडिमालिका नगरपालिकामा हाजिर गर्न आएका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद कोइरालाको रातारात सरुवा भएको छ । आइतबार राती सदरमुकाम पुगेका कोइराला एकाएक सरुवामा परेका हुन् ।

 

बडिमालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका लागि सिफारिस भएर मन्त्रालयबाट आएका कोइराला नगरपालिकामा हाजिर लगाउन नपाउँदै सरुवा भएका हुन् ।


 
उनलाई मन्त्रालयले पठाएको पत्रअनुसार बाजुराको त्रिवेणी नगरपालिकामा जान निर्णयसहित पत्राचार गरिएको स्रोतले बतायो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रुपनारायण खतिवडाको हस्ताक्षर रहेको पत्रमा ८ चैत २०७७ को निर्णयअनुसार कोइरालालाई बाजुराको त्रिवेणी नगरपालिकामा खटाइएको बेहोरा उल्लेख छ ।


 
बडिमालिकाका नगरप्रमुख पदम बडुलले भने यो राजनीतिक रूपमा गरिएको षडयन्त्र भएको प्रतिक्रिया दिए । नगरपालिकामा आएका प्रशासकीय अधिकृतलाई एकै दिनमा सरुवा गरेर षडयन्त्र गरिएको उनको दाबी छ ।


नगरप्रमुख बडुवालले नगरपालिकामा दैनिक कामकाजका लागि अर्काे उपसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत नआउँदासम्म कोइरालालाई रमाना नदिइने बताए । 

 

‘कोइरालाले हाजिर गरिसकेकाले तत्काल अर्काे व्यवस्था नहुँदासम्म रमाना दिँदैनौँ’, बडुवालले भने ।