close

कोरोना संक्रमितकाे मृत्यु भएपछि वालिङको वडा कार्यालय बन्द

कोरोना संक्रमितकाे मृत्यु भएपछि वालिङको वडा कार्यालय बन्द

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकामा कोरोना संक्रमणका कारण १ पुरुषको मृत्यु भएपछि १२ नम्बर वडा बन्द गरिएको छ ।

 

वडा कार्यालयले सूचना प्रकाशित गर्दै वडाभित्रका सबै विद्यालयका साथै अत्यावश्यकबाहेकका अन्य सवारीसाधन बन्द गरिएको जनाएको छ ।

 

वडासचिव बुद्धिराम बुढाले कोरोना संक्रमणका कारण १ जना पुरुषको मृत्यु भएसँगै वडाभर त्रास फैलिएकाले मृतकको सम्पर्कमा आएकाको स्वास्थ्य परीक्षण सुरु गरिएको बताए ।

 

वडा नम्बर १२ का ५८ वर्षीय पुरुषको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा ११ वैशाखमा उपचारका क्रममा मृत्यु भएकाले १४ वैशाखदेखि अर्को सूचना जारी नहुन्जेल अत्यावश्कबाहेकका सेवा सञ्चालन बन्द गरिएको वडाध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।