close

मालपोतका कर्मचारीलाई आलोपालो काममा जान सरकारकाे निर्देशन

मालपोतका कर्मचारीलाई आलोपालो काममा जान सरकारकाे निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडाैं- सरकारले कोरोना संक्रमणको जोखिमबाट बच्दै सेवा प्रवाह भयमुक्त बनाउन देशभरका भूमिसुधार तथा मालपोत कार्यालयलाइ ३ बुँदे निर्देशन दिएको छ । 

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले सेवा प्रवाह सम्बन्धमा देशभरका भूमिसुधार तथा मालपोत कार्यालयलाई ३ बुँदे निर्देशन दिएको हो । 

 

विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार कोरोना फैलिइरहेको सन्दर्भमा सेवाग्राहीको अत्यधिक भीडभाड रहने मालपोत कार्यालयबाट पूर्ववत् सेवा प्रवाह गर्न सकिने अवस्था नरहेकाले ३ बुँदे निर्देशन दिइएको हो ।

 

उनका अनुसार निषेधाज्ञा जारी भएका जिल्लामा निषेधाज्ञा अवधिभर मालपोत कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गर्ने, सोसम्बन्धी सूचना सम्बधित कार्यालयले प्रकाशित गरी सेवाग्राहीलाई जानकारी गराउने र सेवा प्रवाह बन्द भएका कार्यालयमा आलोपालो मिलाई कर्मचारी उपस्थित भई कार्यालयको आन्तरिक तथा व्यवस्थापकीय कार्य गर्नुपर्नेछ ।

 

यस्तै, निषेधाज्ञा जारी नभएका जिल्लाका कार्यालयमा कोभिड-१९ संक्रमणको जोखिम अवस्था हेरी स्थानीय प्रशासनसँग समन्वय गर्नुपर्ने निर्देशन सरकारले देशभरका भूमिसुधार तथा मालपोत कार्यालयलाई दिएको छ ।