close

ताप्लेजुङमा सोमबार राती १२ बजेदेखि निषेधाज्ञा

ताप्लेजुङमा सोमबार राती १२ बजेदेखि निषेधाज्ञा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङमा २० वैशाखदेखि निषेधाज्ञाको लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमबार राती १२ बजेबाट निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । त्यसका लागि आइतबार अपराह्न कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको बैठक बोलाइएको छ ।

 

कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञाको तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । 

 

फुङ्लिङका बजार ७ दिन बन्द

 

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि ताप्लेजुङका उद्योगी व्यवसायीले सोमबारबाट ७ दिनका लागि फुङ्लिङ बजार बन्द गर्ने भएका छन् । आइतबार बिहान बसेको ताप्लेजुङ उद्योग वाणिज्य संघको बैठकले तत्कालका लागि सोमबारबाट ७ दिनसम्म बजार बन्द गर्ने निर्णय गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले बताए ।

 

कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता ताप्लेजुङमा २ पुरुष र १ महिला गरी कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ । सोमबारबाट बजार बन्द भनिए पनि फुङ्लिङका केही बजार आइतबारबाटै बन्द हुन थालेका छन् ।