close

मुगुमा लम्बियो निषेधाज्ञा

मुगुमा लम्बियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

मुगु- हिमाली जिल्ला मुगुमा १ साता निषेधाज्ञा लम्बिएको छ । पछिल्लो समय मुगुमा कोरोना संक्रमित बढेसँगै जोखिम बढ्दै गएपछि पुनः साताव्यापी निषेधाज्ञा थपिएको हो ।

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति मुगुको बैठकले २० वैशाखको सिफारिसअनुसार ७ जेठसम्म १ साता निषेधाज्ञा थपिएको छ । 

 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मुगुले थप जारी गरेको निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, तरकारी, खाद्य तथा दुग्धजन्य पदार्थ, औषधी पसललगायत सेवा भने सञ्चालन हुनेछन् ।


कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः निषेधाज्ञा थप गर्नुपरेको मुगु प्रशासनले जनाएको छ । पछिल्लो समय मुगुमा १ सातामा ११६ जना कोरानाका संक्रमित फेला परेको जिल्ला अस्पताल ठिनी मुगुका सुचना अधिकारी पशुराम नेपालीले बताए । 

 

‘बिहीबार १०१ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाको फैलावट रोक्न १ साता निषेधाज्ञा थपेका हौँ’, जिल्ला संकट व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले भने ।