close

ताप्लेजुङ जिल्ला अदालतमा ७० प्रतिशत मुद्दा फर्स्याैट

ताप्लेजुङ जिल्ला अदालतमा ७० प्रतिशत मुद्दा फर्स्याैट

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- आर्थिक बर्ष २०७७/०७८ मा ताप्लेजुङ जिल्ला अदालतले ७० प्रतिशत मुद्दा फर्स्याैट गरेको छ । कूल ४ सय ५२ मुद्दामध्ये ३ सय १३ मुद्दा फर्स्याैट गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानाएका छन् । 

 

१ सय ३९ मुद्दा चालू आर्थिक बर्षका लागि जिम्मेवारी सरी आएको छ । अदालतमा आव २०७७/०७८ मा आव २०७६/०७७ बाट जिम्मेवारी सरी आएका १ सय ४४ तथा नयाँ दर्ता भएका ३ सय ८ थान गरी कूल ४ सय ५२ मुद्दा थिए । यि मध्ये १८ महिना नाघेको १, १२ महिना देखि १८ महिना भित्रको ८ ,६ महिनादेखि १२ महिनाभित्रको ४१ र ६ महिना भित्रको ८९ मुद्दा चालू आवका लागि जिम्मेवारी सरी आएको अदालतले जानकारी दिएको छ । 


अदालते आव २०७७/०७८ मा ६ महिना भित्रको १ सय २०, ६ देखि १२ महिना भित्रको १ सय ५३, १२ महिना देखि १८ महिना भित्रको ३५ र १८ महिना नाघेको ५ गरी कूल ३ सय १३ मुद्दा फर्स्याैट गरेको जनाएको छ ।