close

भक्तपुरलाई इसिडी शिक्षिकाको ज्ञापनपत्र

भक्तपुरलाई इसिडी शिक्षिकाको ज्ञापनपत्र

Trulli
ADVERTISEMENT

भक्तपुर– पूर्वप्रावि तहमा कार्यरत शिक्षिकाले भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् । नगरप्रमुख प्रजापतिलाई इसिडी शिक्षक संघर्ष समिति भक्तपुरका अध्यक्ष श्वेता छुस्याकीले ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको हो ।


नगरप्रमुख प्रजापतिले नगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत इसिडी शिक्षकलाई दिइँदै आएको प्रोत्साहन रकमलाई यो वर्ष पनि निरन्तरता दिइएको बताए । ‘कोरोना संक्रमणको स्थिति सहज भएपछि विगत वर्षमा झैं तालिम सञ्चालनलाई निरन्तरा दिन्छौँ’, उनले भने ।


संघीय सरकारले घोषणा गरेबमोजिम शिक्षकको तलब समायोजनका लागि आवश्यक व्यवस्था गरिने उनले जानकारी दिए । पालिकालाई शैक्षिक हबको रूपमा विकास गर्न नगरपालिकाले आधारभूत विद्यालयको शैक्षिक स्तर उठाउन सबै विद्यालयमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । 

 

ज्ञापनपत्रमा पूर्वप्राथमिक तहका शिक्षकलाई तलब वृद्धि गर्नुपर्ने, बाल विकास केन्द्रका शिक्षकका लागि मन्टेश्वरी विधिको तालिम व्यवस्था र शैक्षिक सामग्रीको बन्दोबस्त गर्नुपर्ने, बाल विकास केन्द्रका विद्यार्थीको उचित स्याहारसुसार गर्न २० जना विद्यार्थीका लागि एक जना सहयोगी (आया) को बन्दोबस्त गर्नुपर्नेलगायत माग राखिएको छ ।