close

४ भदौभित्रै कार्य सम्पादन मूल्यांकन फारम बुझाउन सिदिङ्वाको परिपत्र

४ भदौभित्रै कार्य सम्पादन मूल्यांकन फारम बुझाउन सिदिङ्वाको परिपत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले ४ भदौभित्र पालिकाको शिक्षा शाखामा कार्य सम्पादन मूल्यांकन फारम बुझाउन शिक्षकलाइ समयावधि दिएको छ । 


७ भदौभित्र शिक्षा विकास तथा समन्वय इकाइमा शिक्षकको कार्य सम्पादन मूल्यांकन फारम बुझाइसक्नुपर्ने भएकाले पालिकाभरिका शिक्षकले ४ भदौभित्र बुझाइसक्नुपर्ने उनले जानकारी दिए ।


पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले २१ साउनमै शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले विद्यालयमा कार्यरत शिक्षकको शैक्षिक सत्र २०७७ को कार्य सम्पादन मूल्यांकन फारम माग गरेको र सो जानकारी पहिले नै पालिकाभित्रका विद्यालयलाई गराइसकेको बताए ।