close

एकैसाथ ५७ उपसचिवको सरुवा, ३० नगरपालिकामा फेरिए प्रशासकीय अधिकृत

एकैसाथ ५७ उपसचिवको सरुवा, ३० नगरपालिकामा फेरिए प्रशासकीय अधिकृत

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै ५७ जना उपसचिवको सरुवा गरेको छ । जसमध्ये  ३० जना उपसचिव  नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत सरुवा भएका हुन्  ।


३० नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुँदा, प्रमुख प्रशासकीय रिक्त रहेका  १२ स्थानीय तहहमा पदपूर्ति भएको छ । यस्तै १३ नगरपालिकामा पुराना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर नयाँ आएका छन् । 

 

५ स्थानीय तहले भने प्रमुख प्रशासकीय अधिकृत गुमाएका छन् ।  सरुवाको निर्णय हुँदा धनुषाको नगराइन नगरपालिका, दैलेखको दुल्लु नगरपालिका, नवलपुरुको कावासोती नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका र तनहुँको भिमाद नगरपालिकामा नयाँ पदस्थापन गरिएको छैन ।


काठमाडौंका पाँच नगरपालिकामा बुढानिलकण्ड नगरपालिका, टोखा नगरपालिका, शंखरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका परिवर्तन भएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि परिवर्तन भएको छ । यस्तै कैलालीको टिकापुर नगरपालिका, बर्दियाको बारबर्दिया नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका, बागलुङको बाग्लुङ नगरपालिका र सुनसरीको दुहवी नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन्  ।

 

कहाँकहाँ भयो सरुवा ?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएअनुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका मिलन भट्टराई इलामको सूर्योदय नगरपालिकामा को प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा, गोकर्णराज सुयल लमजुङको राइनास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा, झविन्द्र खनाल अर्घाखाचीको शीतगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा गएका छन् ।

 

यस्तै मन्त्रालयको अतिरिक्त समूहमा रहेका राकेश पाण्डे नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा, सफल पोर्तेल धनकुटाको पाख्रिबास नगरपालिको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा, नमिता रेग्मी धादिङको धुनिवेशी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा गएका छन् ।

 

मन्त्रालयकै अतिरिक्त समूहमा रहेका महेशकुमार गुरुङ प्यूठानको प्यूठान नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतको जिम्मेवारीमा, रामकृष्ण श्रेष्ठ झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा, र कृष्ण गिरी भक्तपुरको भक्तपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा गएका छन् ।

 

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत कार्यरत उपसचिव नरहरि घिमिरे बर्दियाको बाँसगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा गएका छन् ।

 

काठमाडौंको बुढानिलकण्ड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका राजेन्द्र कार्कीको जिल्ला समन्वय समिति सर्लाहीको जिल्ला समन्वय अधिकारीको जिम्मेवारीमा सरुवा भएका छन् भने रिक्त रहेको उक्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा भुवनेश्वर लामिछाने आएका छन् । लामिछाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा नै कार्यरत छन् ।

 

भक्तपरको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका अग्नीप्रसाद अधिकारीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालको अतिरिक्त समूहमा सरुवा भएको छ  । चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा टिकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका हरिप्रसाद चापागाईंको सरुवा भएको छ । टीकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा नै रहेकी चण्डिका पौडेललाई पठाइएको छ ।

 

काठमाडौंको टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका प्रकाश आचार्यको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा सरुवा भएको छ भने उक्त जिम्मेवारीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत उपसचिव शंकरराज पाठलाई पठाइएको छ ।

 

काठमाडौंको शंखरापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका लेखनाथ न्यौपानेलाई अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतको जिम्मेवारी दिइएको छ भने शंखरापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी भने लुम्बिनी प्रदेश सभा सचिवालयमा कार्यरत उपसचिव रमेश गौतमलाई दिइएको छ ।

 

नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका रमेश घर्तीलाई जिल्ला समन्वय समिति नलवपरासी बर्दघाट सुस्ता पश्चिमको जिल्ला समन्वय अधिकारीको जिम्मेवारी दिइएको छ भने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव राकेश गुरुङलाई पठाइएको छ ।

 

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका रामप्रसाद आचार्यको जिल्ला समन्वय समिति रसुवाको जिल्ला समन्वय अधिकारीको जिम्मेवारी दिइएको छ । उक्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा भने लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका वैकुण्ठप्रसाद सापकोटालाई पठाइएको छ ।

 

मध्यनेपाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा भने जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारीको जिम्मेवारीमा रहेका नवराज बराललाई पठाइएको छ । यस्तै तनहुँको भिमाद नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका थमनसिंह थापाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश अन्तरगत सरुवा भएको छ ।

 

काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका गिरीराज ज्ञवालीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत सरुवा भएको छ भने उक्त मन्त्रालय अन्तरग कार्यरत उपसचिव भोजराज घिमिरेलाई उक्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

 

ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका पुरुषोत्तम सापकाटोको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश दुइमा सरुवा भएको छ भने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव रोशन ज्ञवालीलाई पठाइएको छ ।

 

बागलुङको बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका जीवन ज्ञवालीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ज्ञवाली कार्यरत नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका टेकराज पन्थीलाई पठाइएको छ । सैनामैना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश अन्तरगत कार्यरत उपसचिव भीमप्रसाद तिवारीलाई पठाइएको छ ।

 

यस्तै रुपन्देहीकै तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका प्रदिप पौडेलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश एक अन्तरगत सरुवा भएको छ भने पौडेल कार्यरत रहेको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा बागलुङ नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका जीवन ज्ञवालीलाई पठाइएको छ ।

 

सुनसरीको दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका विनोदकुमार न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश एक अन्तरगत सरुवा भएको छ भने उक्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी धनुषाको नगराइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका राजकुमार केसीलाई दिइएको छ ।

 

 

रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सुरेन्द्र प्रधानको जिल्ला समन्वय समिति रौतटमा सरुवा भएको छ भने दैलेखको दुल्लु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका महेन्द्रजंग शाहीको बर्दियाको बारबर्दिया नगरपालिकामा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।