close

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

Trulli
ADVERTISEMENT

ललितपुर । पाटन मङ्गलबजार परिसरमा अवस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन भित्रिने क्रम जारी छ ।

आज भदौ कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भएसँगै भगवान्को दर्शन तथा पूजा एवं आराधनाका लागि भक्तजन पाटन पुगेका छन् ।

गए राति १ बजेदेखि दर्शनार्थीको चहलपहल मन्दिरमा रहेको मन्दिरका रेखदेखकर्ता भुवनबहादुर चित्रकारले बताए । उनले भने, “भक्तजन आउने क्रम जारी छ ।”

भगवान कृष्णको दर्शनका लागि एक पटकमा तीस महिला र सोही सङ्ख्यामा पुरुषलाई प्रवेशको व्यवस्था गरिएको छ ।

मध्यराति १२ बजे कृष्णको नित्यपूजा गरी मन्दिरको ढोका खोलेसँगै भक्तजनको प्रवेश गराइएको हो । मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायका अनुसार दर्शनार्थीले बिनाझन्झट पूजाआजा गरिरहेका छन् ।

दर्शन गर्ने कार्य व्यवस्थित बनाउन स्वयंसेवक खटाइएको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताए । 

कृष्ण मन्दिरभित्र मोबाइल तथा क्यामेरा लैजान निषेध गरिएको छ । कृष्ण भगवान्को उपासनामा दर्शनार्थीले भजनकीर्तन तथा नाचगानसमेत गरिरहेका छन् ।

महिला र  पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । 

व्यास नगरपालिका–३ स्थित श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक केन्द्रले दमौलीमा निकालेको शोभा यात्रामा कृष्ण र राधाको भेषमा सजिएका बालबालिका

म्याग्दीको सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुक्रबार बेनीमा निकालेको रथयात्रामा कृष्ण राधाको भेषमा सजिएका  बालबालिका