close

अटवारी पर्वको अवसरमा सार्वजनिक बिदा

अटवारी पर्वको अवसरमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं । दाङका चार  स्थानीय तहमा अटवारी पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको छ । 

थारू जातिले मनाउँदै आएको अटवारी पर्वको अवसरमा  स्थानीय बिदामा मिलान हुने गरी तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिकाल र दंगीशरण गाउँपालिकामा भदौ १२ गते आइतबार सार्वजनिक बिदा हुने भएको हो । 

हरेक वर्ष कृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार र कुशेऔंसी पछिको पहिलो आइतबार अटवारी पर्व मनाइन्छ ।

दाङ जिल्ला थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । यहाँका थारू समुदायले आफ्नो कला, संस्कृति तथा परम्पराअनुसार चाडपर्व हर्षोल्लासको साथ मनाउने गरेका छन् ।

यसैबीच, तीन स्थानीय तहका प्रमुखले थारू जातिको अटवारी पर्वको अवसरमा शुभकामना दिँदै कला, संस्कृतिको संरक्षणका लागि आफूहरूको साथ सहयोग सधैँ रहने बताएका छन् ।

यस्तै,  लुम्बिनी प्रदेश सरकारले पनि थारू जातिको अटवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा अटवारी पर्व मनाउने समुदायलाई आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयले भदौ १२ गते सार्वजनिक बिदा दिने जनाएको छ ।