close

दक्षिण एशियाकै दोश्रो ठूलो राधाकृष्ण रथयात्रा आज, कोशी प्रदेश बिदा

दक्षिण एशियाकै दोश्रो ठूलो राधाकृष्ण रथयात्रा आज, कोशी प्रदेश बिदा

Trulli
ADVERTISEMENT

मोरङ- दक्षिण एशियाकै दोश्रो ठूलो रथयात्रा मानिने राधाकृष्ण रथयात्राका अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको राधाकृष्ण रथयात्रा आज दिउँसो ३ बजे निकालिंदैछ । 

विराटनगर महानगरपालिका-१ स्थिति राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गर्नेछ ।

राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । यात्राका क्रममा ४६ स्थानमा रथलाई विश्राम  दिइनेछ ।

राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । रथयात्राका क्रममा हुनसक्ने सम्भावित चोरी र पकेटमारी रोक्नका लागि उच्च सतर्कता अपनाइएको मोरङ प्रहरीले बताएको छ ।

विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको र २०२५ सालयता खटसँगै रथयात्रा निकालिंदै आइएको छ । खटको ९३औं र रथको ५६औं संस्करण हो । 

रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।