close

चेली र माइतीको सम्बन्ध प्रगाढ बनाउन तीजको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख शर्मा

चेली र माइतीको सम्बन्ध प्रगाढ बनाउन तीजको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख शर्मा

Trulli
ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तीजले चेली र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाली हिन्दू नारीहरूको पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना विज्ञप्ति जारी गर्दै उहाँले चेली र माइतीबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे विश्वास व्यक्त गरे । 

प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनीमा सुख, शान्ति, समृद्घि एवं अटल शौभाग्यको कामना गरे । 

‘यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलो शैली, देखासिखीजस्ता विकृत पक्षलाई पूर्णरूपमा त्याग्नु आवश्यक छ,’ उनले भने, ‘यसो गरेमा यस पर्वको सांस्कृतिक तथा धार्मिक महत्व बढ्न गई तीजको मौलिकता पनि कायम राख्न सघाउ पुग्दछ ।’