close

पूर्वमन्त्री झाँक्री र हेलम्बु गाउँपालिकाकी उपाध्यक्षको तीज

पूर्वमन्त्री झाँक्री र हेलम्बु गाउँपालिकाकी उपाध्यक्षको तीज

Trulli
ADVERTISEMENT

काठमाडौं ।  आज हरितालिका तीज ।आद्य शक्ति भगवान् शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर बर्त बसेकी र सोही ब्रतका प्रभावका कारण उनको मनोकांक्षा पुगेको भन्ने मान्यताबमोजिम आज हिन्दू नारी पानी पनि नखाइ आफ्ना पतिको सुख, शान्ति र समृद्धि तथा दीर्घायूकाे कामनाका साथ व्रत बसिरहेका छन् । 

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन रहेको छ।

ब्रत बस्नुअघिल्लो दिन विशेष खानेकुरा दर खाने चलन छ । 

यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा-मिठा परिकार साथै खिर, ढकने, सेलरोटी, केरालगायत खाना, फलफूल खाने गरे पनि पछिल्लो समय  तीजको दर खाने नाममा अनेकन विकृति भित्रिन थालेका छन् ।

जसका कारण वास्तविक तीजको मौलिकता हराउँदै गएको हो कि भनी संस्कृतिविद‍्हरुले चिन्ता गर्न थालेका छन् । 

नेतृ रामकुमारी झाँक्री

 एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री तीजको अवसरमा आफू सार्वजनिक कार्यक्रममा सहभागी भई तीज मनाएको बताएकी छन् ।उनले सामाजिक सञ्जालमार्फत् आफू तीजको अवसरमा पुर्कोट कंकेदेउराली र म्यालपोखरीमा छमछमी नाचेर यस वर्षको तीज मनाएको भनी तस्वीर सार्वजनिक गरेकी छन् । 

‘आज यो वर्षको तीजमा पुर्कोट कंकेदेउराली र म्यालपोखरीमा छमछमी,’ सामाजिक सञ्जालमा उनले लेखेकी छन् । 

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष शारदा लम्साल

यस्तै, सिन्धुपाल्चोकको  हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले यस वर्ष अघिपछिको तुलनामा अलिक धपेडीको रुपमा तीज मनाएको बताएकी छन् । 

दरखाने दिन काम विशेषले काठमाडौं आएको र घरै नगई यतै दाइकोमा बसी तीज मनाएको बताइन् । गाउँ तथा माइतीमा बुबा आमा भए पनि दाइकोमा  यस वर्षको तीज मनाएको उनले बताइन् । 

महिला नगर प्रमुख भएपछि नारीहरुले केही वशेष होस् भन्ने चाहना राख्ने गरेको अनुभव गरेको उनले बताइन् । पालिकाका स्थानीय महिला दिदीबहिनीहरुलाई लक्षित गरी  तीज विशेष कार्यक्रम गर्ने तय भए पनि हेलम्बुमा गएको पहिरोका कारण तीज विशेष भनी गरिएको कार्यक्रम सोचेजस्तो नभएको उनले बताइन् ।