close

नवरात्रीको छैठौं दिन आज कात्यानी देवीको विशेष पूजा गरिँदै

नवरात्रीको छैठौं दिन आज कात्यानी देवीको विशेष पूजा गरिँदै

Trulli
ADVERTISEMENT

काठमाडौं बडादशैंको आज छैठौं दिन कात्यायनी देवीको पूजा आराधना गरिदैछ । दशैको रमझममा रमाइरहेकाहरूले आज शक्ति पीठ तथा घरघरमा कात्यायनीको विशेष पूजा गर्दैछन् ।

नवदुर्गाका नौ रुपमध्ये कात्यायनी छैठौं रुप हो । अमरकोषमा पार्वतीको अर्को नाम कात्यायनी भनिएको छ । स्कन्द पुराण अनुसार महादेवको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको विश्वास गरिन्छ । सिंहमा सवार भएर कात्यायनीले महिषासुरको बध गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता छ ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ। यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैंघर तथा शक्तिपीठहरूमा चल्ने गर्दछ। यो समयमा देवीभागवत महापुराण तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ। पूजा कोठा वा दशैं घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ।