close

भक्तपुरमा एक दिनअघिनै भाइटीका

भक्तपुरमा एक दिनअघिनै भाइटीका

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले एक दिनअघिनै भाइटीका लगाउने निर्णय गरेको छ । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तिहार  मनाउने सम्बन्धमा बुधबार तलेजुका पुजारी नाइकेहरूको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

तलेजुका पुजारी नाइकेहरूको सुझावअनुसार कार्तिक ७ गते साँझदेखि औंसी तिथि सुरु हुने भएकोले उक्त दिन लक्ष्मीपूजा, ८ गते सूर्यग्रहण लाग्ने भएकोले सूर्यग्रहणपश्चात त्यही दिन म्ह पूजा गर्ने र कार्तिक ९ गते किजापूजा गर्ने निर्णय गरेको हो । 

तलेजु मन्दिरमा किजा पूजा गरेकै दिन भाइटीका गर्नुपर्ने मान्यता अनुसार ९ गते भाइटीका हुने भएको हो । साथै भक्तपुरमा टीकाको साइत हेर्ने प्रचलन पनि नरहेको तलेजुका पुजारी नाइकेले बताएका छन् ।