close

यस्ता छन्, धनतरेस पर्व मनाउनुका कारण

यस्ता छन्, धनतरेस पर्व मनाउनुका कारण

Trulli
ADVERTISEMENT

काठमाडौं ।  आज हिन्दु धर्मावलम्बीको दोस्रो चाड तिहारको पहिलो दिन । देशभर सामान्यतया कागलाई खाना खुवाएर काग तिहार सुरुवात गरिन्छ ।

धनतरेस पर्व मुख्यतयाः गरगहना तथा धनसम्पत्ति जोड्ने र पारिवारिक दीर्घायूको कामना गर्ने दिनका रुपमा प्रचलित छ । सोहीबमोजिम आज नेपालका विभिन्न मुख्य शहरमा सुनचाँदी किन्नेको भीड छ  । 

धनतरेस पर्वको अन्तर्य :

मूलतः यो दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । 

त्यसैगरी,  समुद्रमन्थनबाट धन्वन्तरीको प्रादुर्भाव हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएकाले गरगहना किनमेलका लागि शुभ दिनको रुपमा मनाउन थालिएको शास्त्रीय/ किंवतन्ति पनि पाइन्छ।

धनतरेस पर्व मनिसको स्वास्थ्य र दीर्घायूसँग पनि जोडिएको छ । सोहीबमोजिम  यमराज घरभित्र नपसून्  भनी  साझ घरको मूल ढोकामा दियो बाली राखिन्छ ।

त्यसैगरी, हिमालयका छोरालाई बुहारीले यमराजको मुखबाट बचाएको भन्ने प्रसंग / किंवदन्तिअनुरुप पनि छ । किंवतन्तिअनुसार हिमालयका छोरो विवाह गरेको चौथो दिन सर्पले टोकेर मृत्यु हुने योग परेको हुन्छ । समयक्रमसँगै उनको विवाह हुन्छ । विवाहपछि बुहारीले  विवाह गरेको चौथो दिन पतिलाई सर्पले डसेर मृत्यु हुने योग रहेको थाहा पाउँछिन् । 

त्यसपछि उनले पतिलाई यमराजको मुखबाट मुक्त गराउन विवाह भएको चौथो दिन पतिको कोठाबाहिर गहनाको चुली बनाइदिन्छिन् । र, पतिलाई अनेकानेक गीत, भजन र कथा सुनाउँछिन् । 

पतिको सुरक्षाका विभिन्न गीत भजन बजिरहँदा यमराज सर्पको रुप लिएर कोठबाहिर पुग्छन् । तर गहनाको चुली देखेर उनी छक्क पर्छन् । र, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा पुग्छन् । 

तर त्यहाँ पुग्दा उनी  निक्कै थाकिसकेका हुन्छन् । र,  बिसाउँछन् ।  बिसाउने क्रममा राजकुमारीले गाएका मिठामिठा गीत र भजनका ध्वनि उनका कानमा पर्छन् । र, मन्त्रमुग्ध हुन्छन् । यसै क्रममा उज्यालो हुन्छ । जसका कारण सर्परुपी यमराज खाली हात फर्किन्छन् ।   

यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् । यसै घटनापछि मानिसहरूले आफ्नो घरका सदस्यहरूको आयु, आरोग्य र सुख समृद्धिका निमित्त धन त्रयोदशीका दिन सायंकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने गरिन्छ ।