close

सकोलानस्थित ऐतिहासिक पालि फः फल्चा शिलान्यास

सकोलानस्थित ऐतिहासिक पालि फः फल्चा शिलान्यास

Trulli
ADVERTISEMENT

भक्तपुर। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा ९ सकोलानस्थित ऐतिहासिक पालि फः फल्चाको एक समारोहबीच शिलान्यास गरेका छन्। कुल ३९ लाख ५१ हजार ७९९ रुपैयाको लागतमा पुनः निर्माण हुन लागेको उक्त फल्चा पुरानो नगरक्षेत्रको एक मात्र पालि फः फल्चा रहेको बताइएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले सम्पदा जनताको गहना र संसारकै जनताको साझा सम्पति भएको बताए। उनले सम्पदाको महत्व थाहा नहुँदा मूर्तिलाई ढुंगा ठानेर खेल्ने र रमाइलो गर्ने गरिएको तर सम्पदाको महत्व बुझेपछि संरक्षणमा लाग्न थालेको धेरैको अनुभव रहेको बताए। 

भक्तपुरमा सम्पदा पुनः निर्माण तथा अन्य विकासका कार्यहरुमा स्थानीय जनताको सहभागितामा उपभोक्ता समिति गठन गर्दा कम लागतमा बलियो र मौलिक शैलीको संरचना बनेको छ। ती सम्पदाहरुको संरक्षण समेत स्थानीय जनताबाट नै भएको उल्लेख गर्दै देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु भक्तपुरका जनताको कार्यबाट प्रभावित भएको बताउनले बताए।