close

संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला

संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ । धुलिखेलस्थित शिखलापुर बाँसुरी धे–धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो । 

मेलामा विभिन्न जिल्लाका १३ समूहबीच बाँसुरी धुन प्रतिस्पर्धा हुने धेलेका संस्थापक अध्यक्ष अरविन माकाजुले जानकारी दिए। प्रतियोगितामा काभ्रेपलाञ्चोकको तीन समूह धुलिखेल खड्पु, बेथानचोक र पनौती बाँसुरी वाद्यबाधक तथा भक्तपुरको चार समूह, काठमाडौंको पाँच समूह र ललितपुरको एक समूहले सहभागिता जनाउने भएका छन् । 

धुलिखेल–७ स्थित नारायणस्थान लाछीमा आयोजित उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई रु १५ हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु १० हजार पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । सो अवसरमा देवगण र दैत्यनाच तथा साङ्गीतिक प्रस्तुतिसमेत हुने बताइएको छ । 

धुलिखेललाई पर्यटकीय क्षेत्रकारूपमा विकास गर्न, संस्कृति तथा सम्पदाको थलोकारूपमा चिनाउन तथा धुलिखेलको भित्री बस्तीलाई उजागर गर्न सो प्रतियोगिताको आयोजना गरिएको हो । बाँसुरी बाजाको महत्व बुझाउन प्रतियोगिताबाट थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।