close

कोरोना संक्रमण: कुन प्रतिशत कति पुगे ? 

कोरोना संक्रमण: कुन प्रतिशत कति पुगे ? 

Trulli
ADVERTISEMENT

प्रदेश १ मा पछिल्लो २४ घण्टामा  कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा विराटनगरका एक पुरुष, ग्रामथानकी एक महिला र सुनसरी रामधुनीका एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले  जनाएको छ ।

प्रदेशमा मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ४७ पुगेको छ । प्रदेशमा सो अवधिमा ७७ जना  संक्रमित थपिएका छन् । एक हजार २१२ जनाको पिसिआर परीक्षण गरिएकोमध्ये २९ महिला र ४८ पुरुषको कोरोना पुष्टि भएको छ । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

विराटनगरका ४६ जनामा संक्रमण देखिएका मध्ये २१ महिला र २५ पुरुषको रहेका छन् ।  मोरङको बुढीगंगामा पाँच महिला र पाँच पुरुष, कटहरीमा चार पुरुष, ग्रामथानमा एक पुरुष र सुन्दरहरैचमा एक महिला, सुनसरीको इटहरीमा दुई महिला र छ पुरुष, इनरुवा र धरानमा दुई-दुई पुरुष, रामधुनी र दुहवीमा एक÷एक पुरुष र उदयपुरको बेलकामा एक पुरुषको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

प्रदेशमा संक्रमितको संख्या चार हजार ६९६ पुगेको छ ।  प्रदेशमा आज ३६ जना संक्रमित  निको भै घरफर्केका छन् । कालिसदन आइसोलेशन विराटनगरबाट २०, बैजनाथपुर आईसोलेसन विराटनगरबाट नौ, मारवाडी सेवा सदन आईसोलेसन विराटनगरबाट चार र कोभिड –१९ आईसोलेसन केन्द्र रङ्गेली मोरङबाट तीन जना निको भएका छन् । प्रदेशमा निको हुने संक्रमितको संख्या दुई हजार ५६ पुगेको छ । प्रदेशमा हाल सम्म एक लाख छ हजार ९८६ को  पिसिआर परीक्षण भएको छ । 

 एक लाख १० हजार बढीको स्वाब संकलन 

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १३२ जना  नयाँ संक्रमित थपिएको छ । यसका साथै, सोही अवधिमा सप्तरीमा १६ , सिरहामा पाँच , धनुषामा एक, महोत्तरीमा सात, सर्लाहीमा ८०, बारामा १४  र पर्सा नौ जना गरी १३२ जना नयाँ संक्रमित थपिएको हो ।  समेतगरी यस प्रदेशमा संक्रमितको संख्या ११ हजार ८४५ पुगेको  समाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो समेत यस प्रदेशमा महिला एक हजार ९०७ र पुरुष नौं हजार ९३८ गरी यस प्रदेशमा संक्रमितको संख्या  ११ हजार ८४५ पुगेको छ । ती मध्ये ४२ जना उपचार गराइ आज निको भएर घर फर्केका छन् । योसमेत गरी अहिलेसम्म ६ हजार ३११ जना निको भएर घर फर्केका हुन् । 

यस प्रदेशअन्तर्गतका विभिन्न आठवटै जिल्लाबाट अहिलेसम्म एक लाख १० हजार १३७ जनाको स्वाबको नमूना संकलन गरिसकिएको छ । सोमध्ये ९३ हजार ५८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७०४ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा कोरोनाको संक्रमणबाट अहिलेसम्म १०८ जनाको मृत्यु भइसकेको छ । प्रदेशअन्तर्गत रहेका १७० वटा क्वारेन्टिनमा आजसम्म ४३९ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ४४८ जना, आइसोलेसनमा ८९० जना र होम आइसोलेशनमा चार हजार ५३६ जना बसेका छन् ।

गण्डकीमा ६५ कोरोना संक्रमित थपिए 

गण्डकी प्रदेशमा आइतबार बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् । यससँगै गण्डकीमा हालसम्म दुई हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ । 

प्रदेशको पछिल्लो अपडेटमा थप २९ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन ६५ पुगेको हो ।  तीमध्ये लमजुङको सुन्दरबजार १०, नवलपुरको विनयी त्रिवेणी ६, तनहुँको व्यास एक, म्याग्दे चार, स्याङ्जाको गल्याङ एक तथा गोरखाको गोरखा नगरपालिका तथा भीमसेन गाउँपालिकामा सात गरी २९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी प्रदेशमा ५६१ जना क्वारेन्टिनमा रहेका छन् भने सक्रिय संक्रमित एक हजार १८ छन् । आजसम्म एक हजार ८६१ निको भएर घर फर्किएका छन् । गण्डकीमा हालसम्म २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

कैलाली वढी प्रभावित 

सुदूरपश्चिम प्रदेशमा आज थप २९जनामा कारोना संक्रमणको पुष्टि भएको छ ।  सेती प्रादेशिक अस्पताल धनगढी सहित डडेलधुरा र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, डोटी र डडेलधुराका थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  योसँगै प्रदेशमा कारोना संक्रमितको संख्या छ हजार २६१ पुगेको छ । 

कोभिड—१९ वाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय संक्रमित संख्या पनि ४७५ पुगेको छ । यस्तै अछाममा ४०बैतडी ५६ बझाङ ७१ बाजुरा नौ, डडेलधुरा र दार्चुलामा सात÷ सात,डोटी ५८, र कञ्चनपुरमा ५२जना सहित प्रदेशमा सक्रिय संक्रमित ७७५ पुगेका छन् ।

सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष(आइसियू)मा उपचाररत एक जना संक्रमितको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।  उनको प्लाज्मा थेरापि विधिवाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।  प्रदेशमा पिसिआर पद्धतिवाट ७१ हजार ३३४नमूनाको परीक्षण गरिसकिएको छ । कोरोना निको भइ डिस्चार्ज हुनेमा पाँच हजार ४७५ जना पुगेका छन् ।  हालसम्म कोरोनाका कारण कैलालीका छ,बझाङ र बाजुराका दुई-दुई र अछाममा एक जना समेत ११ जनाको मृत्यु भएको छ ।

थुनुवा, सुरक्षाकर्मी र बैकका कर्मचारी संक्रमित  

कर्णालीमा थुनुवा, सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरेको आरटी पिसिआर परीक्षणमा आज सुर्खेतका १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ती सँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार ७७६ पुगेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।