close

साढे दुई महिनापछि बस्दै बागमती प्रदेशसभा बैठक

साढे दुई महिनापछि बस्दै बागमती प्रदेशसभा बैठक

Trulli
ADVERTISEMENT

काठमाडौं– साढे २ महिनापछि आउँदो २९ फागुनमा बागमती प्रदेशसभा बैठक आह्वान गरिएको छ । गत पुसमा बैठक गरेर स्थगित भएपछि अर्को बैठक बोलाइएको थिएन । प्रदेशसभा सचिवालयका अनुसार अब २९ फागुनमा प्रदेशसभा बैठक बस्ने तयारी छ । सचिवालयले बुधबार जारी गरेको सूचनामा २९ फागुनमा प्रदेशसभा बैठक बोलाइएको हो ।

 


१६ फागुनका लागि प्रदेशसभा बैठक बोलाइए पनि स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभा बैठक आह्वान गरिएको बताए । यसअघि गत ८ पुसमा प्रदेशसभा बैठक बसेको थियो ।