close

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम घट्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम घट्यो

Trulli
ADVERTISEMENT

काठमाडौं ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अङ्कले उकालो लागेर २०४३.६६ को बिन्दुमा पुगेको छ ।
 
बुधबार कुल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० मूल्यमा खरिद बिक्री भए ।  नेप्से बढे पनि मङ्गलबारको तुलनामा कारोबार रकम घटेको छ । मंगलबार २ अर्ब ७८ करोडको कारोबार भएको थियो । 

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटाले गुमाए भने बाँकीको सेयर मूल्यमा बढेको छ । बैंकिङ ०.०५, निर्जीवन बीमा ०.४२ र सामूहिक लगानी कोष ०.५६ प्रतिशतले ओरालो ले भने अन्य सबैको सेयर मूल्य उकालो लागेको छ । 

कारोबारका आधारमा गुराँस फाइनान्सको बिक्री शीर्ष स्थानमा छ । फाइनान्सको ११ करोड ७२ लाख बराबरको कारोबार भयो । लाइफ इन्स्युरेन्स कर्पोरेसन ११ करोड ५३ लाखको कारोबारसहति दोस्रो स्थानमा रहे । 

नेप्सेका अनुसार इफ इन्स्युरेन्स कर्पोरेसनको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, एनसिसी डिबेन्चरले ५.८९ प्रतिशतले गुमाए ।