close

अपर हेवाखोला हाइड्रोपावर आईपीओ खुला

अपर हेवाखोला हाइड्रोपावर आईपीओ खुला

Trulli
ADVERTISEMENT

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको  १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । 

कम्पनीको सार्वजनिक निष्कासन गरेको सेयरमध्ये दुई प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा सुरक्षित गरेको छ । बाँकी १३ लाख ९५ हजार कित्ता साधारण सेयरहरु धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार सर्वसाधारणको लागि निष्कासन गरी बिक्री वितरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र उक्त अवधिमा निष्कासन हुने सेयर बिक्री हुने गरी आवेदन नपरेमा भने आवेदन दिने अवधि ६ गतेसम्म थप हुनेछ । 

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले संखुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिकाको बीच भएर बग्ने भएर बग्ने हेवा खोला, झुत्रेखोला र खेकुवा खोलाको पानीबाट ८.५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

आयोजनाको कुल अनुमानित लागत १ अर्ब ४२ करोड २८ लाख ७२ हजार ५१८ रुपैयाँ छ