close

३५ अंकले सेयर घट्दा एक अर्ब १६ करोडको कारोबार

३५ अंकले सेयर घट्दा एक अर्ब १६ करोडको कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३४.७१ अंक घटेर १९९२.६१ विन्दुमा झरेको छ । 

आज २१७ कम्पनीको २० हजार १२२ पटकको कारोबारमा १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको ३० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १९४ स्टकको मूल्य घटेको छ भने १९ स्टकको मूल्य बढेको छ। बाँकी ४ स्टकको मूल्य यस दिन स्थिर छ। 

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। शिवम‍्को साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

शुक्रबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्।