close

सेयर बजारमा ७७ अंकको गिरावट

सेयर बजारमा ७७ अंकको गिरावट

Trulli
ADVERTISEMENT

काठमाडौं । सोमबार नेप्से परिसूचक ७७.०१ प्रतिशतले घटेर १९१५.६१ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स १३ अंक माथिले घटेर ३६६.८६ विन्दुमा बन्द भएको छ।

सेयर कारोबारको दोस्रो दिन आज २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँमा खरिदबिक्री भयो।

यसदिन ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्‍य १० प्रतिशतले घट्यो। यस्तै, किसान लघुवित्त वित्तीयको ९.१५ र ग्लोबल आईएमई समुन्नतको ९.१४ प्रतिशतले मूल्य घट्यो । यसदिन कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी ११ करोड माथिको कारोबार गरी अग्रस्थानामा रह्यो । कारोबारमा आएका १३ वटै समूहको सूचक ओरोलो लाग्यो।

ट्रेडिङको समूहको सूचक सर्वाधिक ५.७८ प्रतिशतले घट्यो। यस्तै फाइनान्सको ५.७३ र हाइड्रोपावरको ५.१९ प्रतिशतले घट्यो।