close

सेयर बजारमा हरियाली, बुधबार २अर्बभन्दा बढीको कारोबार

सेयर बजारमा हरियाली, बुधबार २अर्बभन्दा बढीको कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं । बुधबार सेयर बजारमापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । 

आज नेप्से परिसूचक ५९.५४ अंकले बढ्दै १ हजार ९८६.८२ विन्दुमा रोकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

बुधबार कारोबार भएका २२५ कम्पनीमध्ये  १८२ कम्पनीको शेयर मूल्य बढ्दा ५ कम्पनीको भने घटेको नेप्सेले जनाएको छ । आज ५७ लाख ८७ हजार १२६ किस्ता सेयर २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । 

उच्च मूल्यवृद्धिपछि नेपाल फाइनान्स लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९.९० प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ९.८२ प्रतिशत, सिटिजन्स मुचुअल फण्ड २ को शेयर मूल्य ९.७६ प्रतिशतले बढेको छ । 

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्टले सर्वाधिक बढी ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको किनबेच गरेको छ ।