close

आज पनि उकालो लाग्यो सेयर बजार

आज पनि उकालो लाग्यो सेयर बजार

Trulli
ADVERTISEMENT

काठमाडौं । धितोपत्र बजारमा आज चालु आवको पहिलो सेयर कारोबार सामान्य बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १.९३ अंकले उकालो लागेको हो । गत शुक्रबार नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेको थियो । 

नेप्सेका अनुसार आज २०११.३९ को बिन्दुमा रोकिएको छ । २१० कम्पनीका ३० लाख ४५ हजार कित्ता शेयर  एक अर्ब २३ करोड बराबरको कारोबार भयो । 

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने आठ उपसमूहको ओरालो लाग्यो । 

नेप्सेका अनुसार कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको ६ करोड बराबरको कारोबार भयो । 

यस्तै हिमालयन डिस्टिलरी  चार करोड ७६ लाख लाख र अरुण काबेली पावर चार करोड ६५ लाख बराबरको कारोबार भएको छ ।