close

बिहीबारदेखि उकालो लागेको सेयर आज पनि निरन्तरता

बिहीबारदेखि उकालो लागेको सेयर आज पनि निरन्तरता

Trulli
ADVERTISEMENT

काठमाडौं । धितोपत्र बजारमा आज सेयर कारोबार सामान्य बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १८.०३ अंकले उकालो लागेको हो । आयतबार नेप्से परिसूचक १.९३ अङ्कले उकालो लागेको थियो । 

नेप्सेका अनुसार आज २०२९.४३ को बिन्दुमा रोकिएको छ । २११ कम्पनीका ३१ लाख ४२ हजार कित्ता सेयर  एक अर्ब ३१ करोड बराबरको कारोबार भयो । 

कारोबार भएका १३ उपसमूहमध्ये 11 उपसमूहको सेयर मूल्य उकालो लाग्यो भने २ उपसमूहको ओरालो लाग्यो । 

नेप्सेका अनुसार कारोबारका आधारमा माथिल्लो शिवम् शीर्ष स्थानमा छ । सो कम्पनीको ९ करोड बराबरको कारोबार भयो । 

यस्तै एसियन लाइफ  ७ करोड ३९  लाख लाख र अपी पावर ५ करोड ८९ लाख बराबरको कारोबार भएको छ ।