close

आज नेप्से र कारोबार रकम दुवै घट्यो

आज नेप्से र कारोबार रकम दुवै घट्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । दुई दिन उच्च अंकले बढेको सेयर आज दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज  ४४.८० अङ्कले घटेर २०८८.१६ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार सङ्ख्या र रकम पनि घटेको छ । हिजो चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज २२२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता सेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको किनबेच भयो । समग्रमा बजार राताम्मे भए पनि मल्टिपर्पोज फाइनान्सको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।