close

२२ अङ्कले घट्यो सेयर बजार

२२ अङ्कले घट्यो सेयर बजार

Trulli
ADVERTISEMENT

काठमाडौं । बुधबार  सेयर बजारमापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज २१.९७ अङ्कले घटेर १९७३.३८ विन्दुमा झरेको छ ।

आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से दाेहाेराे अङ्कले घटेकाे दिन २२४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता सेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ ।