close

डिसहोमले ल्यायो पर्व अफर

डिसहोमले ल्यायो पर्व अफर

Trulli
ADVERTISEMENT

काठमाडौं– डिस मिडिया नेटवर्क ग्राहकलाई विभिन्न योजनामार्फत विविध अफर दिइँदै आएको बताएको छ । कम्पनीले आउँदो चाडपर्व अवसर पारेर ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन योजना सञ्चालन गरेको छ । 


११ असोज २०७८ देखि लागू हुने यो योजनाअन्तर्गत डिसहोमको नयाँ कनेक्सन लिने चार भाग्यशाली ग्राहकले स्पेन घुम्ने अवसर पाउनेछन् । हरेक नयाँ कनेक्सनमा ग्राहकले २ हजारको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । 


स्पेन घुम्न पाउने चार भाग्यशाली विजेता छनोट लक्की ड्रमार्फत गरिनेछ । लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिसहोमका अन्य च्यानलमार्फत गरिने कम्पनीले जनाएको छ । यो योजना प्रभु टिभी, सिम टिभी र डिसहोम फाइबरनेट जडानमा पनि उपलब्ध हुनेछ । 


लालिगा सिजन टिकटमार्फत डिसहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकले स्पेनको घरेलु मैदानमा फुटबल लिग लालिगा हेर्न सक्नेछन् । यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिसहोमले पाएको छ । 


हाल डिसहोममा खेल च्यानलको रूपमा एक्सन स्पोर्टस् एचडी १ र एक्सन स्पोर्टस् एचडी २ प्रसारण हुँदै आएकामा लालिगाको खेल भने एक्सन स्पोर्टस् एचडी २ मा मात्र प्रसारण भइरहेको छ ।