close

ज्येष्ठ नागरिकलाई गाउँपालिकाको सिरक-डसना

ज्येष्ठ नागरिकलाई गाउँपालिकाको सिरक-डसना

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकको हौसलाका लागि गाउँपालिकाले हरेक वडाका एक जना सबैभन्दा ज्येष्ठ वृद्ध र सबैभन्दा ज्येष्ठ वृद्धालाई सम्मान गरेको हो ।


ज्येष्ठ नागरिक भेटघाट तथा अनुभव आदान-प्रदान कार्यक्रममा सात वडाका सबैभन्दा ज्येष्ठ वृद्धवृद्धालाई दोसल्ला ओढाएर जनही एक थान रिसक, एक थान डसना, एक थान बेडसिट, एक थान सिरानी, एक बट्टा हर्लिक्स र एकएकवटा झुल प्रदान गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।


फरकफरक मितिमा दिप्रुङ चुइचुम्मा गाउँपालिका- १ याम्खाका ९६ वर्षीय धनकुमारी राय, वडा- २ डाँडागाउँका ९२ वर्षीय मधुमाया खड्का, वडा- ३ छोरम्बुका ९५ वर्षीय जगतबहादुर बस्नेत र ९६ वर्षीय सन्तमाया राई, वडा- ४ बतासेका ९२ वर्षीय अम्बरबहादुर जोगी र ९० वर्षीय अम्बमाया खड्कालाई सम्मान गरिएको छ ।


यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका- ५ सछितापोखरीका ९१ वर्षीय जसबहादुर राई र ८५ वर्षीय चन्द्रकला थापा, वडा- ६ छितापोखरीका ९१ वर्षीय विष्णुमाया भुजेल र ९० वर्षीय बुद्धिमान दर्जी तथा वडा- ७ टेम्माका ९१ सहरमान विश्वकर्मालाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।


ज्येष्ठ नागरिकलाई गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सपना राईलगायतले घरैमा पुगेर सम्मान प्रदान गरेका हुन् ।


याम्खाका सय वर्षीय हम्बरसिं राई भने हाल काठमाडौं बसिरहेका कारण सम्मानबाट छुटेका छन् । दोस्रो विश्वयुद्ध लडेको अनुभव सँगालेका राई गाउँपालिकाभरकै ज्येष्ठ नागरिक हुन् । यस्तै, कतिपय वृद्धवृद्धा उपचारका क्रममा अन्यत्र पुगेका कारण सम्मानबाट छुट भएको गाउँपालिका अध्यक्ष राईले बताए ।