close

लायन्सले बनायो ५३ शैयाको आइसोलेसन

लायन्सले बनायो ५३ शैयाको आइसोलेसन

Trulli
ADVERTISEMENT

काठमाडौं - उपत्यकामा दिनहुँ बढिरहेका कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले लायन्स सदस्यहरूले आइसोलेसन सञ्चालनमा ल्याएका छन् । राष्ट्रिय सहिद तथा शान्ति पार्क, जगडोल सामुदायिक वनभित्रको भवन आइसोलेसन केन्द्रको रुपमा सञ्चालनमा ल्याइएको हो ।


लाइन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले गोकर्णेश्वर नगरपालिकासँगको सहर्कायमा ५३ शैयाको आइसोलेसन वार्ड निर्माण गरेपछि सञ्चालनमा ल्याएको हो ।


आर्थिक अवस्था कमजोर भएका र कोठा भाडामा बसेलाई लक्षित गरी आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको क्लबका पूर्वगभर्नर अन्नतप्रसाद भेटुवालले बताए । आइसोलेसन कक्षलाई आवश्यकताअनुसार ७७ शैयासम्म विस्तार गर्न सकिने उनको भनाइ छ ।


कोरोना कहरका बीचमा पनि मानवीय सेवाको कार्यमा निरन्तर जुटिरहेको लायन्स क्लबले यो भवनमा बेडसहित उपचारमा आवश्यक पर्ने उपकरण सामग्री व्यवस्थापन गरेको छ । 


बस्तीभन्दा टाढा जंगल बीचमा रहेको आइसोलेसन प्राकृतिक रुपमा पनि शान्त भएकाले संक्रमितो मनोबल उच्च बनाउन सहयोग पुग्ने लाइन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का गभर्नर टंक श्रेष्ठले जानकारी दिए । 


आइसोलेसनमा बसेका बिरामीलाई दैनिक  ४ पटक खानाको व्यवस्था गरिनेछ ।  लाइन्सले विराटनगरमा पनि आइसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ ।